२०८३ असार ४ गते , विहीबार

झापा गाउँपालिकामा ट्याक्टरबाट झरेर एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र २१ गते , विहीबार
झापा गाउँपालिकामा ट्याक्टरबाट झरेर एक वृद्धको मृत्यु

झापा गाउँपालिकामा ट्याक्टरबाट झरेर एक वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो ४.३० बजे झापा गाउँपालिका-३ झाँटीस्थित भित्री पक्की सडक खण्डमा झाँटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नम्बरको ट्याक्टरमा सोही ठाउँका ६० वर्षीय रमेश हस्दा लिफ्ट मागेर चढेका थिए ।

अचानक बेहोस भई उनी ट्याक्टरबाट झरेर घाइते भएकोमा उपचारको लागि स्वास्थ्य चौकी शरणामति लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा साँझ ६ः३० बजे मृत्यु भएको हो ।

ट्याक्टर धनी आफै भएका चालक सोही ठाउँ बस्ने ४८ वर्षीय देवकुमार गणेश र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार