२०८३ असार ४ गते , विहीबार
२०८२ सालमा कोशी प्रदेशमा थप ६ दिन सार्वजनिक बिदा
झापा । कोशी प्रदेश सरकारले २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप बिदा दिने निर्णय गरेको हो ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णीमा र कात्तिक २५ गते फाल्गुननन्द जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।