२०८३ असार ४ गते , विहीबार
इलाममा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा दुईजना घाइते
इलाममा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । हिजो दिउँसो २.३० बजे इलाम सूर्योदय नगरपालिका –२ टाँसीगाउँस्थित पशुपतिनगर–मानेभज्याङ भित्री कच्ची सडक खण्डमा मानेभज्याङबाट पशुपतिनगरतर्फ आउँदै गरेको प्र.१–०१–००१ख ३९७१ नम्बरको गोलिया बोकेको मिनी ट्रक आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा अन्दाजी ४५० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सूर्योदय– ९ पान्दाम बस्ने अन्दाजी २६ वर्षीय अनुप राई र सहचालक उनकै भाइ २४ वर्षीय अनुज राई घाइते भएका छन् । दुवै घाइतेलाई फिक्कल अस्पताल इलामतर्फ पठाइएको छ । गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । चालक र सहचालकले दुवैले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।