२०८३ असार ४ गते , विहीबार

सशस्त्रले समात्यो ९ लाखको भन्सार छलेको सामान

sajilo news
झापा
२०८१ चैत्र १९ गते , मंगलबार
सशस्त्रले समात्यो ९ लाखको भन्सार छलेको सामान

सशस्त्र प्रहरीले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहितको बलेरो महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट नियन्त्रणमा लिएको छ।

भारतबाट अवैधरुपले भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको व्याग, टोपी, बेल्ट, चस्मा, घडीलगायतका फेन्सी सामान नियन्त्रणमा लिइएको हो।

बिल नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले नियन्त्रणमा लिएको सामान तथा गाडीको भन्सार दाखिला मूल्य १८ लाख छ।

उक्त रकमसहति जम्मा मूल्य २ं६ लाख ९९ हजार ८ सय ९० रुपैयाँ कायम गरी जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार