२०८३ असार ४ गते , विहीबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र १८ गते , सोमबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीको इनरुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान ८.१५ बजे इनरुवा –६ दक्षिणकाली पेट्रोल पम्पस्थित पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ आउँदै गरेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक सुनसरी हरिनगर –३ बस्ने ४६ वर्षीय महेशकुमार मेहता गम्भीर घाइते भई जिल्ला अस्पताल सुनसरी पु¥याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा पछाडि सवार सुनसरी देवानगंज –२ बस्ने अन्दाजी ५७ वर्षीय गुगली मेहता घाइते भएका छन् । उनलाई जिल्ला अस्पताल इनरुवा लगिएकोमा त्यहाँबाट थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । बस र बस चालक सिराहा लहान –१५ बस्ने ३४ वर्षीय सूर्यनारायण चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार