२०८३ असार ४ गते , विहीबार
स्वागत नेपाल रिहा, रवीन्द्र मिश्र र धवल शमशेरलाई पाँच दिनको म्याद थप
राजावादी आन्दोलनका प्रवक्तासमेत रहेका अधिवक्ता स्वागत नेपाल रिहा भएका छन्। चैत १५ गते तीनकुने क्षेत्रमा भएको आन्दोलनमा उनको संलग्नता नदेखिएपछि आइतबार रिहा भएका हुन्।
प्रहरी परिसर काठमाडौँ प्रवक्ता अपीलराज बोहोराका अनुसार नेपाललाई हाजिरी जमानीमा रिहा गरिएको हो। 'तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा उहाँको प्रत्यक्ष संलग्नता देखिएन। त्यसैले हाजिरी जमानीमा रिहा गरेका हौँ,' बोहोराले भने।
तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन भएपछि प्रहरीले नेपाललाई चैत १५ गते राति पक्राउ गरेको थियो। उनीसँगै राप्रपाका नेताद्वय रवीन्द्र मिश्र, धवल शमशेर राणा पनि पक्राउ परेका थिए। उनीहरूलाई पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।