२०८३ बैशाख २३ गते , बुधबार

गुजरातसँग मुम्बई पराजित

sajilo news
एजेन्सी
२०८१ चैत्र १७ गते , आईतबार
गुजरातसँग मुम्बई पराजित

ब्याटिङ चल्न नसक्दा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ। शनिबार मुम्बई नरेन्द्र मोदी रंगशालामा गुजरात टाइटन्ससँग ३६ रनले पराजित भयो। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९७ रनको लक्ष्य दियो। जवाफमा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदा मात्र १६० रन बनायो।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट तथा गुजरात पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो। जितसँगै गुजरातले दुई अंक जोडेको छ । मुम्बई दोस्रो खेलमा पनि खाता खोल्न सकेन।

मुम्बईको इनिङ्समा सुर्यकुमार यादवले २८ बलमा तीन चौका र ४ छक्का प्रहार  सहित ४८ रन प्रहार गरे । तिलक बर्माले ३९ रनको योगदान गरेका थिए। तेस्रो विकेटको लागि सुर्यकुमार र तिलकले ४२ बलमा ६२ रनको साझेदारी गरेका हुन् । ओपनिङ जोडी रोहित शर्मा आठ र रायन ६ रन बनाएर आउट भए । बलिङतर्फ मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान दुई विकेट लिए।

गुजरातको लागि ओपनर साई सुदर्शनले ४१ बलमा चार चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाए । कप्तान शुभमन गिलले २७ बलमा ३८  जोडेका थिए। पहिलो विकेटको लागि दुईबीच ७८ रनको बलियो साझेदारी भएको थियो।
आज दुई खेल हुनेछन्।  आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद तथा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित समाचार