२०८३ असार ४ गते , विहीबार
इलाममा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु
इलाममा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । देउमाई –५ स्थित देउमाई खोलाको दहमा पौडी खेल्न दुईजना बालक गएकोमा एक जनाको डुबेर मृत्यु भएको हो ।
शनिबार दिउँसो २ः४० बजे देउमाई – ५ आङदाङ आलेटार बस्ने सन्तमान तामाङका छोरा वर्ष १२ का नाइस तामाङ र सोही ठाउँ बस्ने टंक बराइलीका छोरा वर्ष १३ का मौसम बराइली सो पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा नाइस तामाङको दहमा डुबेर मृत्यु भएको हो । मौसम बराइली सकुशल रहेका छन् । इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको जनाइएको छ ।