२०८३ असार ४ गते , विहीबार

राजावादी हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू

sajilo news
काठमाडौं
२०८१ चैत्र १५ गते , शुक्रबार
राजावादी हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू लगाइएको छ। राजावादी प्रदर्शनकारी हिंसात्मक बनेपछि काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। 

राजावादी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिने कर्फ्यू लगाइएको काठमाडौंका सहायक प्रजिअ अशोककुमार भण्डारीले जानकारी दिए ।  उनका अनुसार शान्तिनगर पुलदेखि जुडिबुटी, मनोहरा पुल, सिनामंगल–गौशलासम्म आदेश जारी कर्फ्यू आदेश गरिएको छ। 

सम्बन्धित समाचार