२०८३ असार ४ गते , विहीबार

काठमाडौँमा राजावादीको प्रदर्शन हिंसात्मक : पार्टी कार्यालय, मिडिया हाउसदेखि व्यापारीको घरमा आगजानी र तोडफोड

sajilo news
झापा
२०८१ चैत्र १५ गते , शुक्रबार
काठमाडौँमा राजावादीको प्रदर्शन हिंसात्मक : पार्टी कार्यालय, मिडिया हाउसदेखि व्यापारीको घरमा आगजानी र तोडफोड

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक भएको छ ।  उनीहरूले तीनकुनेमा व्यापारी घर,पसलहरूमा समेत ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। उग्र बनेका राजावादीहरूले तीनकुनेमा एउटा घरमा आगजनी गरेका छन्। 

ढुंगामुडा प्रहारबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेको एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाइरहेका  छन्।  आन्दोलनकारीले अन्नपूर्ण पोस्ट्को कार्यालयमा तोडफोडसँगै आगजनी प्रयास गरेको छ ।  प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि सुरक्षा गार्डहरूले निभाएका थिए।  त्यस्तै एकीकृत समाजवादीको कार्यालयमा आगलागी गरेको छ । 

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्।

सम्बन्धित समाचार