२०८३ असार ४ गते , विहीबार
मातेर मिलनले आफ्नै पेटमा बोतलको सीसाले हानेपछि....
अत्यधिक मादक पदार्थ सेवन गरी तेह्रथुमका एक युवकले आफ्नै पेटमा बोतलको सीसाले हानेर आत्महत्या गरेका छन् । बिहीबार दिउँसो १२ः४५ बजे तेह्रथुम मेन्छ्यायेम-६ सिक्दिम बस्ने ३२ वर्षीय मिलन लिम्बूले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी आफैले आफ्नो पेटमा बोतलको सिसाले हानेका थिए । उनको मृत्यु पश्चात घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय तेह्रथुमले गरिररहेको छ ।