२०८३ असार ४ गते , विहीबार

त्रिशुलीमा ट्रक खस्यो, चालकको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र १२ गते , मंगलबार
त्रिशुलीमा ट्रक खस्यो, चालकको मृत्यु

कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ। सहचालक घाइते छन्। आज बिहान करिब साढे ६ बजे मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो। 
दुर्घटनामा परी ट्रक चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ।

ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो। टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो।

सम्बन्धित समाचार