२०८३ असार ४ गते , विहीबार
तरकारी फर्ममा खेल्ने क्रममा बालिकाले विषादी सेवन गरी दिएपछि...
तेह्रथुममा चार वर्षीया बालिकाले विष सेवन गरेकी छन् । हिजो दिउँसो ३ः३० बजे तेह्रथुम म्याङ्लुङ ३ नागदह बस्ने लिलाम्बर रसाइलीकी छोरी ४ वर्षीया आयुसा रसाइलीले विष सेवन गरेकी हुन् । तरकारी फर्ममा खेल्ने क्रममा उक्त फर्ममा राखिएको मेटासिट नामक बिषादि उनले सेवन गरेकी हुन् ।
सिकिस्त अवस्थामा उनकै बुबाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल म्याङ्लुङमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि साँझ ७ः५० बजे धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।