२०८२ बैशाख ९ गते , मंगलबार
झापामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

झापामा लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो २ बजेको समयमा गौरीगञ्ज गाउँपालिका-१ मा लागूऔषधको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगन्ज जिल्ला- २ पलसाहका २३ वर्षीय सलमलाई शंका लागेर चेकजाँच गरेका थिए ।
त्यसक्रममा उनले लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ५ ग्राम ६३ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।