२०८२ बैशाख ५ गते , शुक्रबार
कोशी प्रदेशका माथिल्लो भूभागमा हिउँ पर्नसक्ने

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हलुका हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले आज (आइतबार) आगामी ३ दिनको मौसम पूर्वानुमान गर्दै आइतबार रातिदेखि कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भई १/२ ठाउँमा हलुका हिउँ पर्नसक्ने जनाएको हो।
महाशाखाका अनुसार आगामी ३ दिन मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम खासगरी सफा रहनेछ। कोशी प्रदेशको हिमाली क्षेत्रमा भने सोमवार र मङ्गलवार दिउँसो बदली भई १/२ ठाउँमा हलुका हिउँ पर्नसक्ने सम्भावना रहेको छ।