२०८२ बैशाख १६ गते , मंगलबार

गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

sajilo news
सुनसरी
२०८१ चैत्र १० गते , आईतबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीनजिकै पूर्व–पश्चिम लोकमार्गमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ३:३५ बजे पहिचान हुन नसकेको सवारी साधन (ट्रक/टिपर हुन सक्ने)ले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

तत्काल नाम थर ,वतन नखुलेको तराइवासी जस्तो देखिने अन्दाजी ३५ वर्षको पुरुषको कम्मरको भाग र टाउकोमा गम्भीर चोट लागेर उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा बिहान ४।४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने सवारी साधनको पहिचान एवम् खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार