२०८३ असार ४ गते , विहीबार
झापामा मोटरसाइकल दुर्घटनामा परी घाइते भट्टराईको उपचारको क्रममा मृत्यु
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बाह्रदशीका विकास भट्टराईको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-६ निवासी ३५ वर्षीय भट्टराईको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको हो ।
गत चैत १ गते राति १२ः४५ बजे बाह्रदशी-६ नारायण चोकस्थित भित्री पक्की सडक खण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।