२०८३ असार ४ गते , विहीबार

सङ्खुवासभामा चट्याङ लागेर ४० भेडा मरे

sajilo news
झापा
२०८१ चैत्र ९ गते , शनिबार
सङ्खुवासभामा चट्याङ लागेर ४० भेडा मरे

सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन्। चट्याङ लागेर मकालु–३ सिम्माका टेकबहादुर मेघीका ४० वटा भेडा मरेका हुन्। सिद्धानेखर्क भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।​

भेडीगोठमा रहेका २५० भेडामध्ये खर्कमा चट्याङ लागेर ४० वटा भेडा मरेको प्रहरी निरीक्षक लामिछानेले बताए। शुक्रबार राति १२ बजे वर्षासँगै परेको चट्याङले ती भेडा मरेको लामिछानेले बताए। रातको समयमा भेडीगोठमा हावाहुरीसँगै असिना चट्याङ परेर भेडा एकै ठाउँ मरेका हुन्।

४० वटा भेडा मर्दा लाखौँ रुपैयाँको क्षति भएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ७ घण्टाको पैदल दूरीमा पर्छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार