२०८३ असार ४ गते , विहीबार

भद्रपुरमा दुई महिने लोकसेवा आयोगको तयारी कक्षा शुरु

sajilo news
झापा
२०८१ चैत्र ९ गते , शनिबार
भद्रपुरमा दुई महिने लोकसेवा आयोगको तयारी कक्षा शुरु

भद्रपुर । झापाको भद्रपुरमा लोकसेवा आयोगको तयारी कक्षाको शनिबार उद्घाटन गरिएको छ । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले ब्यानर वाचन गरेर तयारी कक्षाको उद्घाटन गरेका हुन् ।  वीरेन्द्र मावि चन्द्रगढीको सभा हलमा सुरु भएको कार्यक्रममा भद्रपुर नगर क्षेत्रका २१ पुरुषसहित ६८ जनाको सहभागिता रहेको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् । 

भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा नोभा फाउन्डेसन प्रालिको आयोजनामा भएको तयारी कक्षा २ महिना अर्थात् ६० दिन सम्म सञ्चालन हुने फाउन्डेसनका प्रबन्ध निर्देशक प्रकाश पराजुलीले बताए । 

फाउन्डेसनका प्रबन्ध निर्देशक पराजुलीको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले लोकसेवा आयोग तयारी गर्ने विषयमा आफ्नो अनुभव सुनाएका थिए । सामाजिक विकास समिति प्रमुख सीता गुरागाईँले शुभकामना मन्तव्य राखेकी कार्यक्रमको सञ्चालन अनिशा खनालले गरेकी थिइन् । 

सम्बन्धित समाचार