२०८३ असार ४ गते , विहीबार

चट्याङ लागेर एक महिलाको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र ९ गते , शनिबार
चट्याङ लागेर एक महिलाको मृत्यु

खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिबार बिहान करिब ४ बजे घरको आँगनमा चट्याङ लागेर दिलकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा उनलाई चट्याङ लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

सम्बन्धित समाचार