२०८३ असार ४ गते , विहीबार
मेचीनगरको प्लाई उद्योगमा आगलागी
झापाको मेचीनगर नगरपालिका– १४ प्रगति टोलस्थित गायत्री भेनियर उद्योगमा आगलागी भएको छ । बिहान साढे ११ बजे अचानक आगलागी भएको हो ।
प्लाई फ्याक्ट्रीको प्लाई पत्ता स्टोर गरिएको ठाउँमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । मेचीनगर नगरपालिकाको दुईवटा दमकल , स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।