भद्रपुरमा विश्व डाउन सिन्ड्रोम दिवस मनाइयो

भद्रपुर । 'हाम्रो समर्थन प्रणाली सुधार' भन्ने मूल नाराका साथ झापाको सदरमुकाम भद्रपुरमा विश्व डाउन सिन्ड्रोम दिवस मनाइएको छ । भद्रपुर-७ स्थित किरात कोलोनी मार्गमा रहेको रामप्रसाद लक्षेन्द्र टेक्निकल इन्स्टिच्युटले विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा शुक्रबार बिहान नगरमा प्रभात फेरि आयोजना गरेको थियो ।
इन्स्टिच्युटका छात्रा तथा विदुर इङ्लिस बोडिङ स्कुलका विद्यार्थीहरू सहभागी प्रभात फेरि इन्स्टिच्युटबाट सुरु गरी चन्द्रगढी बजार, लेखनाथ चोक, धनुष मोड, चारआली रोड हुँदै एसपी मोडबाट क्याम्पस मोड, सगरमाथा चोक हुँदै पुनः इन्स्टिच्युट आएर समापन गरिएको थियो । विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेर गरिएको प्रभात फेरि पश्चात् भएको कोण सभामा इन्स्टिच्युटका अध्यक्ष डा सञ्जय शाह, जुनियर जेसीज भद्रपुरका अध्यक्ष सनम साह शंकर, इन्स्टिच्युटका शिक्षकहरू प्रितम ढकाल, रोशन ढुङ्गेल, शेखर सुमन लगायतको उपस्थिति रहेको थियो ।
डाउन सिन्ड्रोम एक आनुवंशिक अवस्था हो जुन क्रोमोजोम २१ को अतिरिक्त प्रतिलिपिको उपस्थितिको कारणले हुन्छ । जसले बौद्धिक अशक्तता र केही शारीरिक विशेषताहरू निम्त्याउँछ। यो सबैभन्दा सामान्य क्रोमोसोमल अवस्थाहरू मध्ये एक हो । जसले प्रत्येक वर्ष जन्मने ७०० बच्चाहरूमा लगभग १ बच्चामा यसको असर देखिन्छ । डाउन सिन्ड्रोम भएका व्यक्तिहरूमा विकासात्मक ढिलाइ, सिक्ने कठिनाइहरू र बदाम आकारको आँखा, समतल अनुहार प्रोफाइल र छोटो कद जस्ता विशेष शारीरिक समस्याहरू हुन सक्छन्। डाउन सिन्ड्रोम भएका व्यक्तिहरूमा मुटुको दोष वा श्वासप्रश्वास समस्या जस्ता केही स्वास्थ्य चुनौतीहरू पनि हुन सक्छन्, तर उपयुक्त हेरचाह र समर्थनको साथ, डाउन सिन्ड्रोम भएका धेरै व्यक्तिहरूले पूर्ण जीवन बिताउँछ ।