२०८३ असार ४ गते , विहीबार

पत्रकार सुष्मालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

sajilo news
झापा
२०८१ चैत्र ७ गते , विहीबार
पत्रकार सुष्मालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

मेचीनगर ।  मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजवंशी सम्मानित भएकी छन् । आज धुलाबारी स्थित होटेल रोयल निर्भाणमा संघको २० औँ वार्षिक साधारण सभामा पत्रकार राजवंशीलाई सम्मान गरिएको हो । उनले नगद २१ हजारसहित प्रमाणपत्र पाएकी छन् ।
त्यस्तै, उत्कृष्ट उद्योमीका रूपमा महावीर अग्रवाललाई सम्मान गरिएको छ ।उत्कृष्ट कर्मचारीमा नगद १५ हजारसहित गङ्गा विकलाई पुरस्कृत गरिएको छ । यसैगरी, एम्बुलेन्स चालक मीनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगदसहित उपदान दिएर बिदाइ गरिएको छ ।

सम्बन्धित समाचार