२०८२ बैशाख १६ गते , मंगलबार

३०८ प्रेमिका भएको बताउँदा अभिनेता संजय दत्त विवादमा

sajilo news
एजेन्सी
२०८१ चैत्र ७ गते , विहीबार
३०८ प्रेमिका भएको बताउँदा अभिनेता संजय दत्त विवादमा

मुम्बई । संजय दत्त बलिउडका एक अनुभवी अभिनेता हुन् । सन १९८१ मा चलचित्र रकीबाट आफ्नो करियर सुरु गरेका यी अभिनेताले हालसम्म १८७ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । नायकदेखि खलनायकसम्मको भूमिका निर्वाह गरिरहेका यी अभिनेता बेला बेलामा व्यक्तिगत सम्बन्धका कारण विवादमा आउने गरेका छन् ।

यसैबिच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि यी अभिनेता अहिले निकै विवादमा छन् । उनलाई भारतका महिलावादीहरूले नारीलाई बस्तुको रूपमा नहेर्न र त्यसरी सम्बोधन नगर्न चेतावनी दिएका छन् ।

अभिनेता संजय दत्तले आफ्नो ३०८ जना प्रेमिका भएको दाबी गरेको एउटा भिडियो अहिले भाइरल भएको छ । यही भिडियोका कारण यी अभिनेता अहिले विवादमा परेका छन् । जसका कारण उनको व्यापक टिप्पणी भइरहेको छ ।

यस विषयमा अभिनेता संजय दत्तले आफ्नो पुरानो कमेडी भिडियो भएकाले त्यसलाई गम्भीर रूपमा नलिन आग्रह गरेका छन् । संजयको भनाइमा उनी हास्य कलाकार कपिल शर्माको कार्यक्रममा गएका थिए ।

कपिल शर्माले संजय दत्तलाई ठट्टा गदै कति उमेरमा आफूले पहिलो प्रेमिका बनाएको भनेर जिज्ञासा राखेका थिए । संजयका अनुसार जवाफमा उनले भनेका थिए, ‘मेरो छिमेकी साथी थिइन् । धेरै सानै उमेरमा उनी मेरो पहिलो प्रेमिका बनेकी थिइन् ।’ सोही कुराकानीमा अहिलेसम्म आफ्नो ३०८ जना प्रेमी भइसकेको संजयले बताएका थिए । 

सम्बन्धित समाचार