२०८३ असार ४ गते , विहीबार

हल्दिबारी गाउँपालिकामा पाँच वटा ऐन तथा कार्यविधि पारित

sajilo news
झापा
२०८१ चैत्र ७ गते , विहीबार
हल्दिबारी गाउँपालिकामा पाँच वटा ऐन तथा कार्यविधि पारित

हल्दिबारी ।  झापाको हल्दिबारी गाउँपालिकाले पाँच वटा ऐन तथा कार्यविधि पारित गरेको छ । बिहीबार सम्पन्न गाउँपालिकाको १८ औं गाउँ सभाको हिउँदे अधिवेशनले पाँच वटा ऐन र कार्यविधि पास गरेको हो । गाउँपालिकाको गाउँ नगर प्रहरी (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी ऐन, शिक्षक सरुवा सम्बन्धी कार्यविधि,  हाट बजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि,  प्राविधिक तथा सीप विकास सम्बन्धी कार्यविधि र उत्कृष्ट कृषक पुरस्कार कार्यविधिलाई सर्वसम्मतले अनुमोदन गरेको जनाइएको छ । 
गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको सो ऐन र कार्यविधि पास गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले जानकारी दिए ।  अधिवेशनमा पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीले बजेट र कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।  सभाले केही योजनाहरू थपघट कुल बजेटमा नघटाई पारित समेत गरेको जनाइएको छ । हल्दिबारीमा अध्यक्ष/उपाध्यक्ष सहित  १७ जना  राप्रपाबाट निर्वाचित छन् भने एमालेबाट १ वडाअध्यक्ष सहित ६ जना, काङ्ग्रेसबाट १ वडाअध्यक्ष सहित २ जना र नेकपा माओवादी केन्द्रबाट १ वडाअध्यक्ष सहित ४ जना जनप्रतिनिधिहरू निर्वाचित रहेका छन् ।

सम्बन्धित समाचार