२०८३ असार ४ गते , विहीबार

झापाका तीनसहित १८ जना पाथीभरा केबुलकार विरोधी रिहा

sajilo news
झापा
२०८१ चैत्र ७ गते , विहीबार
झापाका तीनसहित १८ जना पाथीभरा केबुलकार विरोधी रिहा

करिब एक महिनाअघि ताप्लेजुङमा पक्राउ परेका १८ जना केबुलकार विरोधीहरू आज साँझ रिहा भएका छन् । आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ केबलकार खारेजी सङ्घर्ष समितिका १८ जना कार्यकर्ताहरूलाई जिल्ला अदालत ताप्लेजुङबाट जनही रु.२० हजारका दरले धरौटीमा रिहा गरिएको हो । रिहाइ भएको खुसीयालीमा उनीहरूले नारा जुलुस गरेका थिए ।

रिहा हुनेहरूमा पाँचथर फिदिम वडा नं. ११ बस्ने अन्दाजी वर्ष २२ का यमन राई , झापा बिर्तामोड ११ अर्जुनधारा बस्ने अन्दाजी वर्ष ३० की दीक्षा क्षेत्री , ताप्लेजुङ आठराई त्रिवेणी वडा नं. १ बस्ने अन्दाजी वर्ष ४५ का नवीन पोमु, पाँचथर हिलिहाङ वडा नं. ६ बस्ने अन्दाजी वर्ष ४७ का मित्र लिङ्देन , सुनसरी इटहरी ३ बस्ने अन्दाजी वर्ष २३ का विवेक लिम्बू, मोरङ सुन्दरहरैचा वडा नं.१० बस्ने अन्दाजी वर्ष ५८ का तुलाराम तामाङ ,सुनसरी इटहरी वडा नं. ३ बस्ने अन्दाजी वर्ष १९ का जुरन राई ,मोरङ उर्लाबारी १ बस्ने वर्ष ३९ का हरि लिम्बू ,पाँचथर फिदिम १ बस्ने अन्दाजी वर्ष ४० की सुनिता केरुङ रहेका छन् ।

त्यस्तै इटहरी वडा नं. २ बस्ने वर्ष अन्दाजी ३२ का अर्जुन तामाङ, वडा नं. २० बस्ने अन्दाजी वर्ष ३२ का अनुप सुब्बा, इलाम वडा नं. ७ बस्ने अन्दाजी वर्ष ५१ का योगचन्द्र लावती ,सुनसरी इटहरी वडा नं. १० बस्ने अन्दाजी वर्ष १९ का विशेष सुब्बा ,झापा बिर्तामोड २ बस्ने अन्दाजी वर्ष २० की इक्सा लिम्बू , सोही ठाउँ बस्ने वर्ष अन्दाजी २१ की निहा चेम्जोङ ,पाँचथर याङवरक २ बस्ने वर्ष ४५ की इन्दिरा धौराली , ताप्लेजुङ फक्ताङलुङ ५ तापेथोक बस्ने वर्ष ४४ का सुवास तुम्बाहाम्फे र ताप्लेजुङ फुङलिङ ६ बस्ने सन्दीप लिम्बू रहेका छन् । उनीहरूलाई गत फागुन १०, १२ र १४ गते पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचार