२०८३ असार ४ गते , विहीबार

दमक क्याम्पसमा स्वतन्त्र प्यानलका बस्नेत सभापतिमा निर्वाचित

sajilo news
झापा
२०८१ चैत्र ७ गते , विहीबार
दमक क्याम्पसमा स्वतन्त्र प्यानलका बस्नेत सभापतिमा निर्वाचित

दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघनिकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बस्नेतले अनेरास्ववियूका निशम अधिकारीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । बस्नेतले ६६८ र अधिकारीले ६२४ मत प्राप्त गरेका छन् । नेविसंघका आधिकारिक उम्मेदवार सायन साम्पाङले मात्र ३३४ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।

स्वतन्त्र समूहकी रश्मि उप्रेती( १२८), स्वतन्त्र उम्मेद्वारहरु दीपक लिम्बू (६७), पर्वत बस्नेत (५५), अखिल क्रान्तिकारीकी पेमा डोल्मा तामाङ (१४) र अखिल समाजवादीकी प्रविणा भट्टराई(८) गरी सभापति पदका लागि ८ जना प्रतिस्पर्धी रहेका थिए ।

त्यस्तै सचिवमा अनेरास्ववियूका राकेश खड्का ८१२ मतसहित निर्वाचित भएका छन् । सोही पदका उम्मेदवार राप्रविसंका राजेश थापा( सन्देश) ले ७०६ र समाजवादी विद्यार्थी युनियनका प्रकाश लिम्बूले ३८६ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियूकी प्रीति मगर ९९७ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीका प्रवीण जोगी( सेल्टा) ले ७५८ र स्वतन्त्र समूहकी सपना कन्दङ्वाले ११३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यतर्फ अनेरास्ववियूका एन्जिना राई (१०१४) ,प्रासना राई (८३९) , राप्रविसंकी स्मारिका श्रेष्ठ (६७८) , अखिल क्रान्तिकारीकी दुर्गा पौडेल सोल्टिनी ६६९ , अनेरास्ववियूका युनेश न्यौपाने ६६५ , अनेरास्ववियूकै प्रितम पौडेल(६५२) , अखिल क्रान्तिकारीका प्रशान्त ताजपुरिया राइडर (६३३) र अनेरास्ववियूकी आरती बास्कोटा (६३१) मतसहित निर्वाचित भएका छन् ।
क्याम्पसमा ३७०३ कुल मतदाता रहेकोमा १९५६ मत खसेको थियो ।

सम्बन्धित समाचार