२०८३ असार ४ गते , विहीबार

झापाको जामुनखाडी सिमसार क्षेत्रमा आगलागी

sajilo news
झापा
२०८१ चैत्र ५ गते , मंगलबार
झापाको जामुनखाडी सिमसार क्षेत्रमा आगलागी

झापाको कनकाईस्थित जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा आगलागी भएको छ । आज साँझ ७ बजेतिर भएको आगलागीबाट करिब ३ विगाह वन क्षेत्रमा क्षति पुगेको छ । बिर्तामोड नगरपालिकाको दमकल , स्थानीय उपभोक्ता र प्रहरीको सहयोगमा राति १० बजेतिर आगो नियन्त्रणमा लिइएको छ । हरिण पालेको क्षेत्रमा आगो फैलिन नदिएको बताइएको छ । तीव्र गतिको हावाहुरीका कारण झापामा आगलागीका घटना बढेका छन् ।

सम्बन्धित समाचार