२०८३ असार ४ गते , विहीबार
मेची क्याम्पसमा १७०३ मत खस्यो, राती ११ बजेदेखि मतगणना
मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज सम्पन्न स्ववियु निर्वाचनमा १७०३ मत खसेको छ । २९०५ जना मतदाता रहेको सो क्याम्पसमा ५८.५८ प्रतिशत मत खसेको हो ।
निर्वाचन समिति र विद्यार्थी संगठनहरुबीचको लामो सर्वदलीय छलफल पश्चात आजै राती ११ बजेदेखि मतगणना सुरु गर्ने बारेमा सहमित जुटेको जनाइएको छ । जिल्लाको सबैभन्दा पुरानो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा ६ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।