२०८३ असार ४ गते , विहीबार

काँकडभिट्टा क्याम्पसको सभापतिमा नेवि संघका राई विजयी

sajilo news
झापा
२०८१ चैत्र ५ गते , मंगलबार
काँकडभिट्टा क्याम्पसको सभापतिमा नेवि संघका राई विजयी

काँकडभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का सुरज राई विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको मतगणनामा नेविसंघका राईले १५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका संगम बरालले ८८ मत प्राप्त गरेका थिए। सभापतिका अर्का उम्मेदवार राप्रविसंघका सन्जोग खनालले १० मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका एलिस पौडेलले १२९ मत प्राप्त गरी विजयी भएका छन् । नेविसंघका सचिव पदका उम्मेदवार अङ्कित प्रसाद चम्लागाईले ९७ मत प्राप्त गर्नु भएको छ भने राप्रविसंघका सोभियत श्रेष्ठले २१ मत ल्याएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा नेविसंघकी रिया ढुङ्गाना विजयी भएकी छिन् । ढुङ्गानाले ९५ मत प्राप्त गरी विजयी हुँदा अनेरास्ववियुका सचिव पदका उम्मेदवार सुवास गौतमले ८८ मत प्राप्त गरेकोमा राप्रविसंघका आकाश बहादुर बस्नेतले ५४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी प्रत्यक्ष तर्फको सदस्यहरूमा नेविसंघका सन्ध्या कार्की, विज्ञान राई र निश्चल तामाङ विजयी हुनु भएको छ भने अनेरास्ववियुका प्रदिप्ती ढकाल र मानव ढुङ्गेल विजयी भएको निर्वाचन अधिकृत हेमकुमार खड्काले जानकारी दिए । सदस्यमा नै समान मत ल्याएर बराबरी भएका नेविसंघका भुवनसिंह खड्का र अनेरास्ववियुका इसाक खडियाबीच गोला प्रथा गर्दा अनेरास्ववियुका खँडिया विजयी भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार