२०८३ असार ४ गते , विहीबार

गौरादह क्याम्पसको सभापतिमा अनेरास्ववियूका पौडेल निर्वाचित

sajilo news
झापा
२०८१ चैत्र ५ गते , मंगलबार
गौरादह क्याम्पसको सभापतिमा अनेरास्ववियूका पौडेल निर्वाचित

झापाको गौरादह बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा मिश्रित परिणाम आएको छ । त्यहाँ तीनवटा संगठनले जीत हासिल गरेका हुन् । अनेरास्ववियूका तुलसीराम पौडेलले १५२ मतका साथ सभापतिमा विजयी हासिल गरिरहँदा सचिवमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अञ्जन राई १४९ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै १४७ मतसहित अखिल क्रान्तिकारीका प्रमेश कार्की कोषाध्यक्षमा विजयी भएका छन् । त्यस्तै सदस्यहरूमा १४८ मतसहित अनेरास्ववियूकी दीपका कार्की र राप्रविसंका हेमकुमार ताजपुरिया १२४ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फ अनेरास्ववियूले २ र नेपाल विद्यार्थी संघ र राप्रविसंले १–१ सदस्य पाएका छन् ।

सम्बन्धित समाचार