गौरीगञ्ज क्याम्पसमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धनको वर्चस्व
झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू ) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ ।
अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेदवारी दिएका रोशन यादव ४६ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीकी मोहिनीकुमारी राजवंशी २२ र स्वतन्त्र उम्मेदवार लालदेव यादवले २९ मत ल्याएका छन् ।
त्यस्तै सचिव पदमा पनि गठबन्धनकै डिल्लीराम पौडेल ४२ मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीका रोहितकुमार ठाकुरले २२ र स्वतन्त्र उम्मेदवार अभिषेक राजवंशीले २४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कोषाध्यक्ष पदमा पनि गठबन्धनकै मुजेफर मियाले जित हासिल गरेका छन् । उनले ३९ मत ल्याएका छन् । अन्य उम्मेद्वारहरु अखिल क्रान्तिकारीकी लिजा गिरीले ३३ र स्वतन्त्र नितुकुमारी यादवले २४ मत प्राप्त गरेका छन् । गौरीगञ्ज बहुमुखी क्याम्पसमा सय जना मतदाता रहेकोमा ९७ मत खसेको थियो ।