२०८३ असार ४ गते , विहीबार

मोरङमा भीषण आगलागी : एक बालिकाको मृत्यु, १२ घर जले

sajilo news
मोरङ
२०८१ चैत्र ५ गते , मंगलबार
मोरङमा भीषण आगलागी : एक बालिकाको मृत्यु, १२ घर जले

मोरङको धनपालथान गाउँपालिकाको कदमा गाउँमा भीषण आगलागी भएको छ। आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। अनित मियाकी छोरी ४ वर्षीया रेश्मा खातुनको जलेर मृत्यु भएको हो ।आगलागीबाट हालसम्म १२–१३ वटा घरहरु जलेर नष्ट भइसकेको छ ।

प्रहरी चौकी कर्सियामा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर स्थानीयबासी, प्रहरी र रंगेली नगरपालिका , कानेपोखरी गाउँपालिका , बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका , बिराटनगर महानगरपालिकाको गरि ५वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । बिद्युतको तार सर्ट भई सो आगलागी भएको जनाइएको छ ।

सम्बन्धित समाचार