२०८३ असार ४ गते , विहीबार

निर्माणाधीन घरको पर्खालबाट लडेर अर्जुनधारामा एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र ५ गते , मंगलबार
निर्माणाधीन घरको पर्खालबाट लडेर अर्जुनधारामा एक जनाको मृत्यु

झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार