२०८३ असार ४ गते , विहीबार

पर्यटन पत्रकार मञ्च झापा गठन

sajilo news
झापा
२०८१ चैत्र ४ गते , सोमबार
पर्यटन पत्रकार मञ्च झापा गठन

झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचारमा सघाउ पुर्‍याउने उद्देश्यले पर्यटन पत्रकार मञ्च झापा गठन भएको छ । बिर्तामोडको विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिमा आज भएको एक कार्यक्रमका बीच पत्रकार विनोद पाण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति गठन भएको हो ।

मञ्चको उपाध्यक्षमा पुष्प बराल, सचिव हिमाल खरेल, कोषाध्यक्ष प्रकाश बानियाँ र सहसचिवमा नारायण अर्याल रहेका छन् । त्यस्तै, सदस्यहरूका इन्द्रजीत मुखिया, प्रेम आचार्य, विष्णु श्रेष्ठ र धर्मराज प्रसाईँ रहेका छन् । समिति गठनसँगै झापामा पर्यटन प्रवर्धनको समस्या र समाधान विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । कोशी प्रदेश सरकारले मनाउन लागेको भ्रमण वर्ष २०८२ लाई लक्षित गरी छलफल चलाइएको हो ।

छलफलमा पर्यटन कार्यालय काँकडभिट्टा झापाका प्रमुख छविलाल खतिवडा, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेल, होटेल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिवराज पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईँ लगायतले आआफ्नो धारणा राखेका थिए ।

वक्ताहरूले स्थानीय पर्यटकीय स्थललाई डिजिटलमा लैजानुपर्ने, होटेलमा स्थानीय पर्यटकीय स्थलको तस्बिर र जानकारीमूलक सूचना राख्नुपर्ने, ग्रामीण पर्यटन प्रवर्धनमा केन्द्रित रहनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार