२०८३ असार ४ गते , विहीबार

मलेसियाले गर्‍यो ८ जना नेपालीलाई निष्कासन

sajilo news
झापा
२०८१ चैत्र ३ गते , आईतबार
मलेसियाले गर्‍यो ८ जना नेपालीलाई निष्कासन

मलेसियाले अध्यागमन कानुन उल्लङ्घन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, बिस्ट, यादव र केसी थरी एक-एक जना रहेका छन्।

उनीहरूलाई गत साता मालिन्दो एयरलाइन्सको जहाजबाट नेपाल फर्काइएको हो। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार