२०८३ असार ४ गते , विहीबार

पुनर्जन्म सुधार गृह बिर्तामोडमा एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र ३ गते , आईतबार
पुनर्जन्म सुधार गृह बिर्तामोडमा एक जनाको मृत्यु

बिर्तामोडस्थित पुनर्जन्म सुधार गृह नामक पुनर्स्थापना केन्द्रमा एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-५ मा राजु गिरीले सञ्चालन गरेको पुनर्जन्म सुधार गृहमा ३ महिना अगाडीदेखि रहँदै आएका जात्रुवारी बस्ने ३७ वर्षीय उमेश राजवंशी गएराति ९ः५० बजे अचानक बिरामी भएका थिए ।

बेहोस भएका राजवंशीलाई उपचारको लागि राति १० बजे बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय अनारमनिबाट घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार