२०८३ असार ४ गते , विहीबार
घरको छतबाट पिसाब फेर्ने क्रममा लडेर मृत्यु
सुनसरीको इनरुवामा घरको छतबाट पिसाब फेर्ने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ । शनिबार बिहान ३ः३५ बजे इनरुवा नगरपालिका-७ बर्छवा बस्ने अन्दाजी ७० वर्षीय शिवनारायण चौधरी आफ्नो एकतले घरको छतबाट पिसाब फेर्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारका क्रममा बिहान ४:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।