२०८२ बैशाख १६ गते , मंगलबार

कोशी प्रदेशबाट १३३ जना पक्राउ, १०९९ गाडी नियन्त्रणमा

sajilo news
झापा
२०८१ चैत्र २ गते , शनिबार
कोशी प्रदेशबाट १३३ जना पक्राउ, १०९९ गाडी नियन्त्रणमा

कोशी प्रदेशबाट १ सय ३३ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका अनुसार १ हजार ९९ वटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिइएको छ। होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गर्ने कार्यमा संलग्नमध्ये मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८, उदयपुरबाट १२ जना पुरुष तथा झापाबाट ७ जना पुरुषलाई पक्राउ गरिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए।

होली खेलेर रमाइलो गर्ने नाममा कानुन विपरीतका गतिविधिमा संलग्न भएकाहरूलाई पक्राउ गरिएको उनको भनाइ छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।

त्यस्तै, नियम उल्लङ्घन गरेर चलाइएका १ हजार ९९ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीआईजी अधिकारीका अनुसार झापाबाट ४ सय २७, सुनसरीबाट ३ सय ६६, मोरङबाट २ सय ६७ र उदयपुरबाट ३९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

तीमध्ये सबैभन्दा धेरै २ पाङ्ग्रे सवारीसाधन छन्। प्रहरीले २ पाङ्ग्रे १ हजार २१ वटा, ३ पाङ्ग्रे ५९ र ४ पाङ्ग्रे १९ वटालाई नियन्त्रणमा लिएर दिनभर ‘होल्ड’ गरेको हो। प्रहरीका अनुसार नियन्त्रणका लिइएका अधिकांश सवारीसाधन चालकले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएका थिए। ती सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाही गर्ने प्रहरीले तयारी गरेको छ।

सम्बन्धित समाचार