२०८२ बैशाख ८ गते , सोमबार

होली पर्व : झापामा एक दर्जन दुर्घटना, तीन जनाको अवस्था गम्भीर

sajilo news
झापा
२०८१ चैत्र १ गते , शुक्रबार
होली पर्व : झापामा एक दर्जन दुर्घटना, तीन जनाको अवस्था गम्भीर

झापा जिल्लामा होलीका दिन करिब एक दर्जन दुर्घटना भएका छन् । साना ठूला गरी आज धेरै वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।आज साँझ अन्दाजी ५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधे चौकनजिक भित्री पक्की सडक खण्डमा दूधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र १–०१–००१ च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्री शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने फणीन्द्र खनालका छोरा १२ वर्षीय आदर्श खनाललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते बालकलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । दुर्घटनापछि फरार रहेका पिकअप चालक शिवसताक्षी ११ बस्ने २७ वर्षीय सागर भन्ने सिटूँ पोद्धारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
त्यस्तै आज बिहान ९ः३० बजे भद्रपुर नगरपालिका-२ देउनियाँ पुलस्थित मेची राजमार्गमा सगरमाथा चोकबाट ज्ञान चोकतर्फ जाँदै गरेको मे ४ प ६४८३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय सन्तबहादुर लिम्बू र मोटरसाइकलमा पछाडि सवार ४२ वर्षीय दिलमान लिम्बू गम्भीर घाइते भएका छन् ।

दुवै जना घाइतेको ओम साई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार