२०८२ बैशाख ५ गते , शुक्रबार
झापा गाउँपालिकामा आगलागी

झापा गाउँपालिकामा आगलागी भएको छ । आगलागीबाट झापा- ४ निवासी जिया तामाङको टीनको छानो भएको भुइँतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । बिहीबार राति करिब ९ बजेतिर विद्युत् सर्ट भई सो आगलागी भएको आशङ्का गरिएको छ । तामाङले सो घर भाडामा दिएका छन् ।
आगो निभाउन भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए । आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपिन राईले जानकारी दिएका छन् ।