२०८२ बैशाख ९ गते , मंगलबार

जलथल जंगलमा एउटा हात्ती मृत फेला

sajilo news
झापा
२०८१ फाल्गुन २९ गते , विहीबार
जलथल जंगलमा एउटा हात्ती मृत फेला

झापाको चारकोशे जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेका छन् । कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनभित्र हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।

जंगलभित्र बुधबार साँझ हात्ती मृत भेटिएको हो । मृतक हात्तीको वरिपरि ३–४ वटा हात्ती घेराहाली बसिरहेकोले त्यहाँ पुग्नै सकिएको छैन, डीएसपी खडकाले भने, डिभिजन वन कार्यालय झापा र प्रहरीको टोली त्यही छ । हात्ती वयस्क हो कि छावा, भाले हो कि पोथी खुल्नै पाएको छैन, उनले थपे । 

सम्बन्धित समाचार