२०८३ बैशाख ४ गते , शुक्रबार

इलाममा रुखले किचेर एकजनाको मृत्यु

sajilo news
इलाम
२०८१ फाल्गुन २८ गते , बुधबार
इलाममा रुखले किचेर एकजनाको मृत्यु

इलाममा रुख ढाल्ने क्रममा किचेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो १.३० बजे इलाम देउमाई नगरपालिका – ५ बारुङमा सोही ठाउँ बस्ने थिरबहादुर कार्कीले आफ्नै बारीमा रहेको सिरिसको रुख पेट्रोलबाट चल्ने टेन्चो मेसिनले अन्दाजी २६ वर्षीय प्रेम लिम्बूलाई ढाल्न लगाएका थिए । सोही सिरिसको रुखले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही वडाका वडा अध्यक्ष तिलकबहादुर तामाङले जानकारी गराउनसाथ अस्थायी प्रहरी विट गजुरमुखीधामबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली गएको इलाम प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार