चार देशीय महिला टी-२० शृंखला, नेपालले पहिलो खेल आज नामिबियासँग खेल्दै
युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी-२० शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज हुने खेल नेपाली समयानुसार अपराहृन ४ः४५ बजे हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो । उक्त शृंखलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङ्कङको सहभागिता छ ।
सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई-दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्नेछ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङ्कङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेकी छिन् ।