२०८३ बैशाख २३ गते , बुधबार

च्याम्पियन्स ट्रफी : सेमिफाइनलमा भारत र अस्ट्रेलियाबीच भिडन्त

sajilo news
एजेन्सी
२०८१ फाल्गुन १९ गते , सोमबार
च्याम्पियन्स ट्रफी : सेमिफाइनलमा भारत र अस्ट्रेलियाबीच भिडन्त

काठमाडौं । भारत आइसिसी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ को विजेता बनेको छ। आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराउँदै ६ अंक जोड्यो। पहिलो पराजय बेहोरेको न्युजिल्यान्डको समान खेलबाट चार अंक रह्यो।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा भारतले अस्ट्रेलिया र न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछन्।

आइतबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको २५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ दशलमव ३ ओभरमा अलाउट हुँदै २०५ रनमै समेटियो।

न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ८१ रनको योगदान गरे। यसैगरी कप्तान मिचेल स्यान्टनरले २८, विल योङले २२, ड्यारिल मिचेलले १७, टम लाथमले १४ र ग्लेन फिलिप्सले १२ रन बनाए।

भारतका लागि वरुण चक्रवर्तीले सर्वाधिक पाँच विकेट लिए। यसैगरी कुलदीप यादवले दुई तथा हार्दिक पाण्डेया, अक्षर पटेल र रविन्द्र जडेजाले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४९ रनको योगफल तयार पारेको थियो।

भारतका लागि श्रेयस अय्यरले ७९ रनको योगदान गरे भने हार्दिक पाण्डेयाले ४५, अक्षर पटेलले ४२, केएल राहुलले २३, रविन्द्र जडेजाले १६, कप्तान रोहित शर्माले १५ र विराट कोहलीले ११ रन बनाए।

सम्बन्धित समाचार