भद्रपुर झापा गोल्डकप : आज झापा ११ र भुटानको डागा युनाइटेड फाइनल प्रवेशका लागि भिडदै
झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ ।
प्रतियोगितामा झापा ११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा ११ सँगको भेट पक्का गरेको हो ।
यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ।