२०८३ जेष्ठ १७ गते , आईतबार

रेलमा हात्तीका बथान ठोक्किँदा ६ हात्ती मरे

sajilo news
एजेन्सी
२०८१ फाल्गुन ९ गते , शुक्रबार
रेलमा हात्तीका बथान ठोक्किँदा ६ हात्ती मरे

काठमाडौं । श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको बधानसँग ठोक्किँदा ६ वटा हात्ती मरा छन्।  घाइते भएका २ हात्तीको उपचार भइरहेको छ।

श्रीलङ्कामा रेल र हात्तीबीचको यस्तो दुर्घटना बेला–बेलामा भइरहने गर्छ। तर यो श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा खराब दुर्घटना भएको बीबीसीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ।

श्रीलङ्काको वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्ती मर्ने गरेको तथ्याङ्क छ। यसबाहेक गत वर्ष मानव हात्ती द्वन्द्वमा १ सय ७० भन्दा धेरै मानिसले ज्यान गुमाउँदा  ५ सय वटा हात्ती मरेका थिए। 

वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भएकाले उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको सिकार बन्न थालेका छन्। रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र सिकारीको चोरी सिकारको पनि चपेटामा पर्ने गरेका छन्। 

सम्बन्धित समाचार