२०८३ बैशाख २३ गते , बुधबार

भारत बन्यो खो–खो विश्वकप च्याम्पियन, नेपाल उपविजेता

sajilo news
रासस
२०८१ माघ ६ गते , आईतबार
भारत बन्यो खो–खो विश्वकप च्याम्पियन, नेपाल उपविजेता

खो–खो विश्वकपको महिलातर्फ नेपाली महिला टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास बनाएको छ।   नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७८–४० अंकले हराउँदै पहिलो पटक खो-खो विश्वकपको उपाधि जितेको हो। 

भारतले प्रतियोगिताभरि नै अपराजित रहँदै उपाधि जितेको हो। नेपालले सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा भारतसँग भिडन्त पक्का गरेको थियो।

महिला खो-खो टोली सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको हो। टोलीमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक,खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छन्।  महिला टिम प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य रहेका छन्।

सम्बन्धित समाचार