२०८३ बैशाख २३ गते , बुधबार

झापा गोल्डकपको अध्यक्षमा कार्की र गिरीको उम्मेदवारी

sajilo news
झापा
२०८१ पौष २९ गते , सोमबार
झापा गोल्डकपको अध्यक्षमा कार्की र गिरीको उम्मेदवारी

झापा गोल्डकपको अध्यक्षमा बलराम कार्की र केदार गिरीले उम्मेदवारी दर्ता गराएका छन् । आजबाट सुरु भएको निर्वाचन प्रक्रियामा उनीहरूले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

१४ जनाको कार्यसमितिमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा निर्विरोध भइसकेको छ । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर पौडेल र उपाध्यक्ष युवराज कार्की (पर्वत) निर्विरोध भइसकेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावली अनुसार सचिवमा बुद्ध तामाङ, प्रकाश शिवाकोटी, सहसचिवमा विष्णुप्रसाद सिग्देल,यादव पोखरेल, कोषाध्यक्षमा युवराज निरौला, चन्द्रमणि कट्टेलले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, सदस्यहरूमा किरण कुमार थापा, श्याम श्रीवास्तव, प्रकाश दाहाल,मदन खड्का,शैलेन्द्र कुमार कुरुम्वाङ, किरण श्रेष्ठ,बिसन लिम्बु, दिपेन चौधरी, एजाज अहमद अन्सारी, सचित आनन्द सुब्बा,भूपेन्द्र भण्डारी, सुशील थापा, देवी प्रसाद खरेल, सजेश शिवाकोटी, अर्जुनकुमार चुँडाल र विश्वेश्वर प्रसाद बजगाईँले उम्मेदवारी दिएका छन् ।

आज बिर्तामोडस्थित अतिथि सदनमा भइरहेको निर्वाचन प्रक्रियामा गोल्डकपका सदस्यहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।  पदाधिकारीमा दुई पदबाहेक अन्य पदहरूमा दुई-दुई जनाको उम्मेदवारी परेको छ । यस्तै, ८ जना सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।

 

सम्बन्धित समाचार