बारम्बार विवाह नगरिदिन श्वेता तिवारीको आग्रह

मुम्बई । बलिउड अभिनेत्री श्वेता तिवारीले बारम्बार आफ्नो विवाह नगरिदिन मिडियालाई आग्रह गरेकी छिन् । श्वेता तिवारी सानो पर्दा र ठुलो पर्दाकी चर्चित अभिनेत्री हुन् । उनी प्रायः आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छिन् । पछिल्लो समय उनी तेस्रो विवाह गरेको कुराले भाइरल भइरहेकी छिन् ।
श्वेता तिवारी र विशाल आदित्य सिंहको विवाहको आई तस्बिर सामाजिक सञ्जालमा केही समय यताबाट निरन्तर शेयर भएको छ । यही कारण उनले सञ्चार माध्यमलाई यस्तो आग्रह गरेकी हुन् ।
‘भारतीय सञ्चार माध्यमका अनुसार मैले यसअघि तीन पटक विवाह गरिसकेको छु’ एक अन्तर्वार्तामा श्वेताले आफ्नो तेस्रो विवाहको समाचार प्रति आक्रोश पोख्दै भारतीय सञ्चार माध्यमलाई बताएकी छिन् ।
‘मिडियासँगै सामाजिक सञ्चालका अनुसार त म हरेक वर्ष नयाँ नयाँ विवाह गर्दैछु, र मैले पहिले नै तीन पटक विवाह गरिसकेको पनि उहाँहरूले समाचारमा ल्याइसक्नु भएको छ’, अभिनेत्री श्वेताले भनिन् ।
विशाल आदित्य सिंहसँग खुसीसाथ श्रीमान् श्रीमतीको रुपमा पोज दिइरहेको तस्बिर कुन उद्देश्यले एआई प्रविधिबाट तयार गरेर समाचारमा ल्याइएको भन्ने कुरा आफूले बुझ्न नसकेको पनि उनले बताएकी छिन् । चलचित्रको काममा आफू व्यस्त रहँदा पनि मानिसहरूलाई अर्काको तस्बिर बनाएर मिडियामा ल्याउन यति धेरै फुर्सद किन भएको भनेर श्वेताले प्रश्न पनि गरेकी छिन् ।
ती भाइरल तस्बिरहरूमा विशाल आदित्य सिंहले पनि आफ्नो प्रतिक्रिया दिइसकेकाले श्वेताको कथन छ । त्यसैले पटक पटक विवाह भयो भन्दै ती तस्बिरलाई सार्वजनिक नगर्न पनि श्वेताले अनुरोध गरेकी छिन् ।
अभिनेत्री श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो । विवाहको केही वर्षपछि उनीहरुबीच दाम्पत्य सम्बन्ध विच्छेद भएको थियो । राजातर्फको छोरी पनि श्वेतासँग छिन् । त्यसपछि केही समयको प्रेम सम्बन्धलाई अघि बढाउँदै अभिनेत्री श्वेताले अभिनव कोहलीसँग दोस्रो विवाह गरेकी थिइन् । तर उनीहरूको दाम्पत्य सम्बन्ध केही वर्षमै टुटेको थियो । यसपछि यी अभिनेत्री एकल रहँदै आएकी छिन् । पछिल्लो समय उनको विशालसँग प्रेम सम्बन्ध रहेको समाचार आउने गरेका छन् । त्यो कुरालाई विशाल र श्वेताले अस्वीकार गर्दै आएका छन् ।
दोस्रो विवाह टुटेपछि आफूले कुनै पनि विवाह नगरेको र विवाह गर्ने पक्षम अहिले नरहेको पनि यी अभिनेत्रीले बताएकी छिन् । उनलाई आजकाल विवाह भन्नासाथ दिक्क लाग्छ ।
अभिनेत्री श्वेताले अन्तर्वार्ताको क्रममा मिडियालाई मात्र हैन, दर्शकलाई पनि आफ्ना नक्कली तस्बिरहरू सामाजिक सञ्जालमा राखेर चर्चा र ट्रोल नबनाउन आग्रह गरेकी छिन् । पत्रकारले तर कलाकारहरूको गसिफ लेख्छन्, तर त्यही गसिफलाई विश्वास गरेर दर्शकले पनि सामाजिक सञ्जालमा नराम्रो लेख्न गरेको पनि यी अभिनेत्रीको भनाई छ । मिडियामा आएका गसिफको पछि नलाग्न पनि उनले दर्शक र शुभचिन्तकहरूलाई अनुरोध गरेकी छिन् ।